काठमाडौं । आजदेखि एक महिना लामो श्री स्वस्थानी ब्रत कथा सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको ब्रत कथामा आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा स्वस्थानी ब्रत एवम् कथा वाचन गर्ने गर्दछन् ।
आजैदेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन देखि नै हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र लगाएर व्रतको प्रारम्भ गर्ने प्रचलन छ । अबको एक महिनाभर स्कुद पुराणको केदराखण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच भएको सम्वाद स्वस्थानी ब्रत कथा सुन्ने र सुनाउने गरिन्छ ।

स्वस्थानी ब्रतको पहिलो दिन आज काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायणको मेला समेत सुरु भएको छ । शालीनदीमा आज बिहानैदेखि माघस्नान गर्नेको भीड लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय