काठमाडौं । आज गंगा दशहरा पर्व । जेष्ठ शुक्ल दशमीका दिन गंगा पृथ्वीमा अवतरण भएको दिनको रूपमा प्रत्येक वर्ष यो पर्वलाई मनाइने गरिन्छ ।
पुराणमा गंगालाई पृथ्वीमा ल्याउन भगीरथले अनेकौं प्रयास गरेको उल्लेख छ । यो पर्व दशमीको दिनसम्म मनाइने हुनाले विशेष महत्व रहेको छ । सके दश दिनसम्म स्थान गर्ने नसके दशमीको दिन स्थान गर्ने र दशै दिनसम्म दान तथा उपवास गरे मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । आज देखि दश दिनसम्म रसुवाको गोसाइँकुण्ड नुवाकोटको वेत्रावतीलगायत दोभान तथा त्रिवेणीमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । नदी, पवित्र तलाउ तथा तीर्थस्थलमा स्नान गरी तर्पण गर्दा १० प्रकारका पाप नाश हुने जनविश्वास रहेको छ ।






