काठमाडौं । गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।



राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको रहेको महाशाखाले बताएको छ।



