काठमाडौं । आज विवाह पञ्चमी । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन श्रीराम र माता सीताको प्रतीकात्मक रुपमा विवाह गरिदिएर विवाह पञ्चमी देशभर मनाइँदैछ ।

त्रेता युगमा राम र सीताको विवाह भएको दिनको स्मरण गर्दै मिथिलाको प्राचीन राजधानी जनकपुरधाम भएकाले यो दिनमा जनकपुरबासीले विशेष दिनको रुपमा लिने गर्दछन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले भाँचिदिएपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय