काठमाडौं । तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै छन् । ल्होसारलाई नयाँ वर्षको रूपमा लिइन्छ । मञ्जुश्री पात्रोअनुसार २८६०औँ वर्ष सुरु भएको छ । आजबाट तामाङ समुदायले (ड्रागन) वर्षको स्वागतमा ल्होसार मनाउन लागेका हुन् ।

सोनाम ल्होसारलाई गाई, बाघ, मुसा, खरायो, सर्प, घोडा, भेडा, मेघ (ड्रागन), बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ ।

पर्वका अवसरमा चावहिलको बौद्ध, स्वयम्भू, टुँडिखेललगायतका स्थानमा सोनाम ल्होसार मनाइँदै छ । नेपालका अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँदैछन् । आजकै दिन चीन, भुटान, थाइल्याण्ड, लासोस र मंगोलियालगायतका देशमा पनि ‘ल्हो’ परम्परा अनुसार नै नयाँ वर्ष मनाइँदै छ ।

यसैगरी चन्द्रागिरि नगरपालिकाका तामाङ समुदायले वडा नम्बर–३ मा रहेको बुद्ध पार्कमा विशेष कार्यक्रमको आयोजना गरेको छ । नेपाल तामाङ घेदुङ, चन्द्रागिरि नगर कमिटीको आयोजनामा विशेष कार्यक्रम हुन लागेको हो ।

बागमती प्रदेश संस्कृत पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको आतिथ्यतामा हुने कार्यक्रममा लामा गुरुहरुद्वारा पूजापाठ, तामाङ समूदायहरुले भूमि पूजा, कुल पूजालगायत विशेष सास्कृतिक कार्यक्रम हुने कमिटी अध्यक्ष रामहरी लामाले जानकारी दिनुभयो ।

ल्होसारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

चन्द्रागिरि–३ मा हुने विशेष कार्यक्रम ournewscrew बाट प्रत्यक्ष हेर्न सक्नुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय