काठमाडौँ : काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक पर्व ‘येँया’ (इन्द्रजात्रा) लाई भव्य रूपमा सम्पन्न गर्न काठमाडौँ महानगरपालिकाको आयोजनामा तयारी बैठक सम्पन्न भएको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको उक्त बैठकमा जात्रा व्यवस्थापन र सुरक्षा सम्बन्धी विविध विषयमा छलफल भएको छ। यस वर्षको इन्द्रजात्रामा विगत २५ वर्षदेखि रोकिएको मुआली बादन (बाजा) पुन: काठमाडौँबासी स्वयंले बजाउने तयारी भइरहेको छ।
जात्राका मुख्य तयारी तथा निर्णयहरू:



इन्द्रध्वज (यँसि) नगर प्रवेशस् भदौ २५ गते कटान गरिएको इन्द्रध्वज (यँसि) लाई असोज ३ गते भोटाहिटीबाट नगर प्रवेश गराइने तालिका रहेको छ। आर्थिक सहयोग हस्तान्तरणस् बैठकका क्रममा कार्यवाहक प्रमुख डंगोलले इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यलाई गत येँया २०८२ मा भएको खर्च बापत २८ लाख ७१ हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभयो। सरोकारवालाहरूको उपस्थितिस् बैठकमा गुठी संस्थान, हनुमानढोका हेरचाह अड्डा, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, रणभैरव गण, शार्दूलजङ्ग गुल्म, उपत्यका ट्राफिक प्रहरी, जिल्ला प्रहरी परिसर काठमाडौँ, सशस्त्र प्रहरी बल १८ नम्बर गण, महानगर स्काउट, इन्द्रजात्रा व्यवस्थापन समिति र स्थानीय गुठीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



