काठमाडौं । आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज नेपाल र नेदल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले समूह ‘डि’ को पहिलो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल डलासको ग्रान्ड प्रायरी स्टेडियममा नेपाली समयअनुसार राति सवा ९ बजे खेल सुरु हुनेछ ।

नेपाली टोली एक दशकपछि ट्वान्टी–२० विश्वकप फर्किएको हो । यी दुबै टोली पहिले पनि ट्वान्टी–ट्वान्टी खेल खेलिसकेका छन् । नेदरल्याण्ड्सले ६ खेल जित्दा नेपालले पाँच खेल जितेको छ । दुबै टोली जीतसँगै आफ्नो यात्रा सुरु गर्न चाहन्छ ।

नेपाल र नेदल्याण्ड्सबीचको टी–विश्वकप विश्वकप काठमाडौं महानगरपालिकाले प्रत्यक्ष देखाउने भएको छ । महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ठूला–ठूला एलईडी स्क्रीन राखेर खेल प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय