गत आर्थिक वर्ष २०८०-०८१ मा ओखलढुंगामा ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । विकास निर्माणका लागि विनियोजन भएपनि समयमा काम सम्पन्न नहुँदा बजेट फ्रिज भएको हो ।

कुल ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जिल्लाका लागि प्रदेश तथा संघीय सरकारले विनियोजन गरेको बजेटमध्ये खर्च हुन नसकेको उक्त बजेट ‘फ्रिज’ भएको जनाएको हो ।

संघ र प्रदेशबाट गत आ. ब. मा जिल्लाका लागि कुल ८ अर्ब ५४ करोड ५१ लाख ७६ हजार १ सय १५ रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये संघतर्फ ४ अर्ब ७८ करोड ७३ लाख ६६ हजार ३ सय १६ चालु र १ अर्ब १८ करोड १२ लाख ४७ हजार पाँच सय ८१ पुँजीगत रहेको थियो ।

गत आ.ब.मा प्रदेशतर्फ चालुमा ६२ करोड ७२ लाख ५५ हजार र पुँजीगत १ अर्ब ५५ करोड ४८ लाख ८४ हजार बजेट जिल्लाका लागि विनियोजन भएको थियो ।

ओखलढुंगामा विकास बजेट खर्च नभएको देखिए पनि जिल्लाका दर्जनौँ आयोजना बजेट अभावले रुग्ण बनेका छन् । राष्ट्रिय गौरवको योजना लिखु करिडोर, मोलुङ करिडोर, दर्जनौ सडकको पूर्वाधारका काम बजेट अभावमा वर्षौंदेखि अधुरा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय