काठमाडौं । टी–२० विश्वकप एशिया क्वालिफायरको समूह चरणको फाइनल खेलमा नेपाललाई ओमानले जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।

नेपालका बलरहरूले उत्कृष्ट बलिङ गर्दै ओमानलाई सामान्य योगफलमा रोक्न सफल देखिएकाछन्। करण केसीले सर्वाधिक तीन विकेट लिए ।सोमपाल कामी र सन्दीप लामिछानेले २÷२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराको नाममा एक÷एक विकेट रह्यो ।

ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडेका हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय