तन्त्रमन्त्र सिद्ध गर्न कार्तिक स्नान गर्ने चलन छ । सिद्धिप्राप्त गर्न भगतहरु कमला नदीमा कार्तिक पूर्णिमा स्नान गर्न पुग्छन् । कार्तिक पूर्णिमा स्नान गर्न सिरहा–धनुषाको सीमा नदीको रुपमा रहेको कमला नदीमा लाखौं भक्तजन पुग्ने गर्छन् । कार्तिक पूर्णिमा स्नान गर्न पनि सिरहा, सप्तरी, धनुषा, महोत्तरी र सीमावर्ती भारतका विभिन्न स्थानबाट कमला नदीमा श्रद्धालुभक्तजन पुग्दैछ् । विशेष गरी कमलानदीको दृश्य रोचक हुन्छ । पहेलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै तन्त्रमन्त्र सिद्ध गर्नको लागि कमलानदीमा स्नान गर्छन ।

सिरहा र धनुषा बिचको कमलानदीको छेउमा इनर्वा, पटहेर्वा, बसपिट्टा, सारस्वर, चतरी, चिकना, बन्दीपुर, त्रिवेणी र भारतको जयनगर लगायत अन्य कमलानदीको किनारमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पिडितहरुको धुइचो कार्तिक पूर्णिको दिन लाग्नेको गरेको छ । कार्तिक पूर्णिमाको दिन कमलानदीको दृश्य रोमाञ्चक देखिन्छ । पहेलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउदै जोर जोरले चिच्याई रहेको हुन्छ ।

आफनो शरीरमावास बस्न आएका देवतालाई पवित्रपार्न तथा शरीरमा देवीदेवताको स्थायीवासकालागि र वर्ष भरीका पापबाट मुक्तहुनको लागि कार्तिक शुल्क पूर्णिमाका दिन धामीझाँक्री, बोक्साबोक्सी र सर्वसाधारण कार्तिक पूर्णिमा स्नानगर्ने गरेको छ । कात्तिक पूर्णिमाको दिन स्नान, दान र ब्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास छ ।

सिरहाको बन्दिपुरको उत्तरायणनी, ब्यारेकघाट, चिकनाघाट, मरेवाघाट, चतरीघाट, सारस्वरघाट, बसपिट्टाघाट, इनार्वा घाटमा व्यापक तयारी गरिएको छ । कार्तिक पूर्णिमा कमला नदीमा स्नान गर्न डुबुल्की लगाउने क्रममा गेरुवा छाड्ने चलन छ । त्यसपछि स्नान सकेर चुरा, दही खाजा खाने चलन रहेको छ । स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । उक्त पानी पूजाअर्चना अथवा सुद्धि गर्न गंगाजल जस्तै पवित्र मानिन्छ ।

कमला स्नानलाई भूतमेला भनिएपनि बुद्धिजीवी जानकारहरुले यसलाई भूतमेला नभन्न आग्रह गरेका छन् । कमला नदीमा भूतप्रेत नभई घर गोसाई अर्थात देवता पित्तर शुद्धिकरणको लागि कमला स्नान गर्ने भएको हुँदा देवमेला भन्न आग्रह गरेको हो ।कार्तिक पूर्णिमा मेलाको विशेष सनेश भनेको टमटम गाडी रहेको छ । जसको व्यापार पनि धेरै हुने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय