नेपाली कांग्रेसको आइतबारदेखि सुरु हुने महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा तयारी तीव्र पारिएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधि तथा अतिथिको व्यवस्थापन, मञ्च निर्माण र आवश्यक भौतिक संरचना तयार गर्ने कामलाई अन्तिम चरणमा पुर्याइएको छ।
महाधिवेशनस्थलमा भइरहेको तयारीको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निरीक्षण गर्नुभएको छ। उहाँले महाधिवेशनका लागि भइरहेको व्यवस्थापन, मञ्च तथा अन्य आवश्यक संरचनाको अवस्थाबारे जानकारी लिनुभएको हो।



महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिको सहभागिता रहने भएकाले व्यवस्थापनलाई व्यवस्थित बनाउन कांग्रेसले तयारीलाई तीव्रता दिएको छ। आइतबारदेखि सुरु हुने महाधिवेशनका लागि खुलामञ्चमा अहिले धमाधम संरचना निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ। पार्टीको नेतृत्व चयनसहितका विषयमा महाधिवेशन केन्द्रित रहनेछ।



