कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको भवनबाट पक्राउ गरिएको हो । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको नेतृतवमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।
सिरोहियाविरुद्ध नागरिकता किर्तेमा बैशाख १६ गते जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा उनीविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको हो । सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले आजै प्रहरीलाई अनुमति दिएको थियो । जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो । अदालतको इजलास न २ बाट अनुमती जारी भएको थियो ।



अदालतले शिरोहीयालाई पक्राउ गर्न प्रहरीलाई पुर्जी दिए लगतै संसदमा समेत नेपाली कांग्रसका नेताहरुले उनको बचाउमा विरोध गरेका थिए भने नाम चलेका नेता तथा विभिन्न मिडिया मालिकहरुले समाचार लेखेकै भरमा राज्यले प्रतिशोध साधेको आरोप लगाएका छन् । जबकि शिरोहिया किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका हुन ।



