महोत्तरी- प्रधानमन्त्री पुष्पकमल दाहालले कुटनीतिक रूपमा नेपालको उचाइ निकै माथि पुगेको बताएका छन् । आज महोत्तरीको बर्दिवासमा जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले संसारमा कुटनीतिक रूपमा नेपालको उचाइ धेरै माथि पुगेको दाबी गरेका हुन । प्रधानमन्त्री दाहालले कुटनीतिक रूपमा नेपालको उचाइ माथि पुगेको देखेर प्रतिक्रियावादीहरू, दलालहरू र उनका मतियारहरू अत्तालिएको दाबी समेत गरे ।
प्रधानमन्त्री दाहालले आफूले भारत, चीन, अमेरिकालगायतका देशको सफल भ्रमण गरेको र त्यसले नेपाललाई चिनाएको उल्लेख गरे । यस्तै उनले भूमि ऐनलाई संशोधनको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए । भूमिहीनहरूको समस्या समाधान हुने उनको भनाइ थियो । यस्तै वन ऐनलाई पनि संशोधन गरेर अगाडि बढ्ने उनले जानकारी पनि प्रधानमन्त्री दाहालले दिए ।






