काठमाडौं । कारको ठक्करबाट कुवेतमा तीन जना नेपालीले ज्यान गुमाएका छन् ।
मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडक छेउमा बसिरहेका तीनै जनाको सडक दुर्घटनामा परी मृत्युभएको हो । दुर्घटनामा मृत्युहुनेमा काठमाडौं नागार्जुन–२ का सुजन कार्की, धनुषा वेंगादवार–३ का धिरज गुर्मछाने मगर र अछामको पन्चदेवल विनायक–५ का सुरत बहादुर कठायत रहेका छन् ।



कुवेतमा रमदान सुरु भएपछि महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न सुजन र धिरज हवाली पुगेका थिए । भोलिपल्ट विहानै काममा जानको लागि बस कुरेर बसिरहेको समयमा कारले ठक्कर दिएपछि तीनै जनाको घटनास्थलमै मृत्युभएको कुवेतस्थित नेपाली राजदूताबासले जनाएको छ ।
उनीहरु तीनै जना एउटै कम्पनीमा काम गर्दै आएका थिए ।



