काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीस्थित पृथ्वी राजमार्गमा गुडिरहेको बसमा आगलागी भएको छ ।
लुम्बिनीबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०८९ नम्बरको बसमा सोमबार बिहान करिब ६ बजेर १० मिनेटमा आगलागी भएको प्रहरीले जनाएको छ ।



प्रहरी र यात्रुको सहयोगमा करिब पाँच मिनेटमै आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट बसमा क्षति पुगेपनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । डाइनामोको तार सर्ट हुँदा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।



