काठमाडौं । आज तमु ल्होसार । गुरुङ समुदायले यो पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले पुरानो वर्षलाई बिदाई गर्दै नयाँ वर्षको स्वागत गर्दै गुरुङ समुदायले यो पर्वलाई भब्यताका साथ मनाउँदै छन् । गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतमा विशेष रुपमा मनाइन्छ भने यत्रतत्र छरिएर रहेका व्यक्तिहरु जम्मा भई आफ्नो समुदायको पहिचान छल्काउने गतिविधि गर्दै मनाउने गर्दछन् । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व विशेष रुपमा लिइन्छ ।

सरकारले तमु ल्होसारको अवसरमा आज सार्वजनिक विदा दिएको छ भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका प्रमुखले पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय