काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ५ को नयाँ वडा भवन निर्माणका लागि शिलान्यास हुने भएको छ ।

किसिपिडीमा साउन ३० गते शनिबार भवनको शिलान्यास हुने वडा नं. ५ ले जानकारी दिएको छ । नयाँ वडा भवन निर्माणसँगै वडा कार्यालयबाट प्रदान हुने सेवा थप व्यवस्थित, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

नयाँ भवनको प्रस्तावित डिजाइनमा आधुनिक सुविधासहितको सेवाग्राहीका लागि आवश्यक स्थान तथा पार्किङ लगायतका सुविधा हुने उल्लेख गरिएको छ ।

भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको वडा नं. ५ को अब बन्ने नयाँ भवनबाट कार्यसम्पादन सहज र सरल हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय