काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ६ ले आर्थिक वर्ष २०८०-८१ को प्रथम चौमासिक समयको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले चन्दनभराटेश्वर मन्दिर परिषरमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो । वडा कार्यालयले आ.ब. २०८०-०८१ को प्रथम चौमासिक अवधिमा ३७ लाख १५ हजार ७ सय ९६ रुपैया राजश्व संकलन गरेको छ । यस्तै वडाले ५८ वटा घरबाटो सिफारिस र ९० वटा चार किल्ला सिफारिस प्रदान गरेको जानकारी दिएको छ ।

वडा कार्यालयमा ३७ वटा व्यवसाय दर्ता भएको र १४ वटा जन्म दर्ता, ९ मृत्यु दर्ता, ६ विवाह दर्ता १९ बसाइँसराइँ गरेको व्यहोरा पनि सार्वजनिक सुनुवाई जानकारी गराएको छ । कार्यक्रममा चौमासिक अवधिमा वडाबाट बिनियोजित बजेटबाट भए गरेका र सम्पन्न भएका योजनाहरुको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा स्थानीयले वडाले बिनियोजन गरेको बजेट विभिन्न विषय र थोरै भएकाले ठुला योजना बनाउन सुझाव दिएका थिए । साथै सामुदायिक वन संरक्षण, स्वास्थ्य, शिक्षा र रोजगार मुलक तालिम संचालन गर्न पनि सुझाव दिइएको थियो । वडा कार्यालयले सुशासन, फोहरमैला व्यवस्थापन, खानेपानी वितरणलगायतको विषयमा उत्कृष्ट कार्य गरेको वडा अध्यक्ष सञ्जय सिग्देलले दाबी गर्नुभयो । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको प्रमुख आतित्थ्तामा सम्पन्न सार्वजनिक सुनुवाईमा वडाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, वडाबासीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय