चितवन – चितवनकाे राष्ट्रिय निकुञ्जमा रहेकाे जगली हात्ती रोनाल्डो हात्ती मृत अवस्थामा भेटिएको छ । उक्त हात्ती बरण्डाभार बन क्षेत्रकाे बिसहाजारी पाेष्ट नजिक शनिवार विहान मृत अवस्था भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा लामो समय देखि देखिदै आएको यो जङ्गली हात्ती करेन्ट लागेर मरेको अनुमान छ। उक्त स्थानमा चितवन राष्ट्रिय निकुञ्जकाे र राष्ट्रिय प्रकृति सरक्षण काेषका प्राबिधिक टाेली पुगेर हात्तीकाे मृत्यु बारे अनुषन्धान शुरू गरेका छन् तर हात्ती के कारणले मृत्यु भएकाे हाे भन्ने वारे जानकारी निकुञ्जले दिएकाे छैन् । साैराहा हात्ती प्रजनन केन्द्रमा मात्रै यो हात्तीवाट ३३ वटा हात्तीका बच्चाकाे जन्म भएका छन् ।
सन् २००२ देखि रोनाल्डो हात्ती चितवनमा देखिएको हो । निकुञ्जका पूर्व वन्यजन्तु चिकित्सक डा. विजय श्रेष्ठ हात्तीको मृत्युले सरक्षणका क्षेत्रमा समेत क्षति पुग्ने बताएका छन् ।
रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र विशेषगरी सौराहा र खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्र आसपास बस्ने गरेको हात्ती हो । केन्द्रका पोथी हात्तीहरूसँग प्रजनन जगली हात्ती वाट नै हुने गरेकाे छ ।






