काठमाडौं- काठमाडौं स्थित जडीबुटीको एक मसाज सेन्टरमा भिषण आगलागी भएको छ । प्रहरीका अनुसार राति करिब साढे ३ बजे तिर आगो लागेको थियो । आगलागी एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ । पाँच तले घरको पक्की घरको पहिलो तलामा नवीना खत्रीले सञ्चालन गरेको प्रि अप माइन्ड मसाज सेन्टरबाट आगो सल्किएको प्रहरी वृत्त बानेश्वरका एकजना अधिकृतले जानकारी दिएकाहुन । आगलागीबाट करिब २६ लाखको क्षति भएको आकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय