काठमाडौं । सरकारले टिकटक बन्द गरेकोविरुद्ध परेको रिटको आज पूर्ण सुनुवाई हुने भएको छ ।

गत मंसिर ५ गते अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।
सोही अनुरुप १४ वटा मुद्दाको आज एकै पटक पूर्ण सुनुवाई हुन लागेको हो ।

टिकटकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै कार्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय