नेपाल त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित निकाल्दै फाइनलमा पुगेको छ । सिरिजअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल पोजिटिभ नेट रेटका आधारमा फाइनलमा पुगेको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य १५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

नेदरल्यान्ड्सले दिएको लक्ष्य १५ ओभरभित्र पूरा गरे नेपाल रनरेटमा नेदरल्यान्ड्सभन्दा अघि बढ्ने समीकरण रहेको थियो । यसमा सफल नभएपनि पोजिटिभ रन रेट भएपछि नेपाल १ खेल अगावै फाइनल पुगेको हो । अंक तालिकामा नेपाल र नेदरल्यान्ड्सको ४–४ तथा नामिबियाको २ अंक छ । आजको जितले नेपालको रनरेट पोजेटिभ भएको हो । नेपालको जितमा कप्तान रोहित कुमार पौडेलले ४६, गुलशन झाले ३८, कुशल मल्लले १२ रन बनाए । नेदरल्याण्ड्सका लागि किंगमाले ३ र आर्यन दत्तले १ विकेट लिए ।

त्यसअघि नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँदै १ सय २० रन बनाएको थियो । नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डाउडले सर्वाधिक ३१, रोलफ भान डर मर्वले अविजित २३ रन बनाए । नेपालका लागि प्रतिश जिसीले ३, करण केसी र कुशल मल्लले २–२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । अब आइतबार लिगको अन्तिम खेलमा नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । उक्त खेलको नतिजाले मंगलबार हुने फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय