काठमाडौं । डोटीमा यात्रु बस दुर्घटना भएको छ । धनगढीबाट दीपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दीपायल सिलगढी नगरपालिका–४ मा दुर्घटना भएको हो
दुर्घटनामा बसमा सवार १७ जना नै घाइते भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको थियो । घाइतेहरूको उद्धार गरी उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।



दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।



