काठमाडौं । शुक्रबार विहान त्रिशूली नदीमा खसेको दुई वटा बस अझै नभेटिएपछि खोजीकार्य तीब्र बनाइएको छ ।

भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा माथीबाट खसेको पहिरोले ठक्करदिएपछि यात्रुबस त्रिशूली नदीमा खसेको थियो । शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि बस नभेटिएपछि आज पनि बिहानैदेखि खोजी भइरहेको छ । नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरी गरी पाँच सय बढी सुरक्षाकर्मी खोजी कार्यमा खटिएका छन् । दुई दिनको अथक प्रयासबाट पनि बस नभेटिएपछि आजबाट ठुलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिएको छ । यसअघि

बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरिएको थियो ।

बेपत्ता यात्रीमध्ये शनिबार तीन जनाको शव भेटिएको छ । चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको शव रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।

शुक्रबार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस दुर्घटना भएको थियो । दुई वटा बसमा ५१ जना यात्रु रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय