काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङ्गे’ गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्री नियुक्त हुनुभएको छ । मन्त्री गुरुङले सपथ ग्रहण आजै लिनु हुनेछ ।
मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित हुनुभएका गुरुङ पछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो । उहाँले हिजो आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेश सभा संसद् सचिवालयमा निवेदन दिनुभएको थियो ।



६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुर्याएर सरकार बनाउन ३१ जना सांसदको आवश्यक पर्दछ । गण्डकी प्रदेशमा अहिले कांग्रेसो २७, एमाले २२, माओवादी केन्द्रका सभामुख बाहेक ७, राप्रपा २ र १जना दीपक मनाङे रहेका छन् ।



