सिन्धुली-  सिन्धुलीको दुधौली नगरपालिकाका नागरिकले अब कीर्तिपुर अस्पतालमा जलनको उपचार निःशुल्क पाउने भएका छन् । दुधौली नगरपालिका र कीर्तिपुर अस्पतालबीच सम्झौता भएपछि नगरपालिकाले ‘दुधौली जलन उपचार कोष’ स्थापना गरी उपचार खर्च व्यहोर्ने व्यवस्था गरेको हो ।

यो सुविधा दुधौलीका स्थायी बासिन्दा तथा नगरपालिकाका कर्मचारीलाई लागू हुनेछ । आगो वा अन्य कारणले जलेका बिरामीले उपचारका क्रममा नगरपालिकाको सिफारिस वा स्थायी बसोबास खुल्ने कागजात पेश गर्नुपर्नेछ ।

नगरपालिकाका प्रवक्ता दीपक खड्काले आर्थिक अभावका कारण जलनका बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । नगरपालिकाले आकस्मिक अवस्थामा तत्काल समन्वय गरी कीर्तिपुर अस्पतालमा उपचार लिन नगरबासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय