अक्सर जस्तो कर्म गरिन्छ त्यस्तै फल भोग्नु पर्छ । त्यो भोगाई आफुले मात्र होइन आफ्ना सन्तान दर सन्तान सबैले भोग्नु पर्छ ।

नेपाल राष्ट्रको एकीकरणकर्ता पृथ्वीनारायण शाहका नाती रणबहादुर शाह उदन्ड स्वभावका थिए । उनले आफ्नो शासनकालमा राष्ट्रको लाखौं रकमहरु आफ्नो मोज मस्तीमा उडाए । उनी शुरा, सुन्दरी र आफ्नो लहड पुरा गर्न पानी सरी पैसा बगाउथे । उनले सो समयमा गरेको खर्चले त्यस बखत मै कर्णालीमा सडक पुर्याउन सकिन्थ्यो । बडामहाराजधिराज पृथ्वीनारायण शाहले बनाएको राष्ट्रको एकीकरणमा भाग लिएका कुनै भारदार र सैनिकहरुको हत्या नगर्ने नीति विपरीत आफ्नै प्रधानसेनापती तथा मुख्तियार दामोदर पाण्डेलाई भद्रकालीस्थित लुमडिको थानमा काट्न लगाए । आफ्नै काका नेपाल एकीकरणका बिस्तारकर्ता बहादुर सिंह शाहको जेलमै हत्या गर्न लगाए । साथै उनले बिभिन्न निहुँमा देशका सयौं बफादार भारदारहरु, उच्च पदस्थ सैनिकहरु, गुरु, पुरोहित, वैद्यहरुको हत्या, जात पतित र देश निकाला गरेर आफ्नो शासनकाललाई नरसंहारमा परिणत गरे । यस्तै कुकर्मको कारण उनलाइ पनि चौतारिया शेरबहादुर शाहले भिमसेन थापाको बागदरबारमा कचहरीमा बसिरहेको बेलामा तरबारले घाँटी छिनालेर निर्ममतापूर्वक हत्या गरे । उनले जस्तो कर्म गरेका थिए त्यस्तै फल भोगेर उनको पनि अन्त्य भयो ।

कुकृत्य गरेर कमाएको सम्पत्ति एक पुस्ताले पनि उपभोग गर्न पाएका छैनन् । बाचुञ्जेल भ्रष्टाचारीको ट्याग लागेर सधै त्रस्त भएर बस्नु पर्ने अबस्था छ । त्यसैले न राष्ट्र बन्यो, न जनताले सुख पाए, न आफ्नो परिवार बन्यो, न आफुले बाजुञ्जेल र मरोणोपरान्त मान संमान पाएको छ ।

त्यसैगरी ३२ वर्षसम्म नेपाल राष्ट्रको प्रधानमन्त्री भएका भिमसेन थापाले पनि राष्ट्रको धेरै रकमहरु हिनामिना गरेर आफु र आफ्ना आसेपासेहरुलाई सुखसयलमा जिन्दगी बिताउन मार्ग प्रसस्त गरे । उनको गलत निर्णयले अंग्रेजहरुसँग युद्ध हुन पुग्यो । जसको कारण नेपालले आफ्नो धेरै भु–भागहरु गुमाउन पर्यो। उनले आफ्नो शासनकालमा सयौं आफ्ना बिरोधीहरुको हत्या गर्न लगाए । सो समयमा उनले आफ्ना बिरोधी भाईभारदारहरुका दुधे बालकहरुको समेत निर्ममतापूर्वक हत्या गर्न लगाएको कुरा इतिहासमा भेटिन्छ । उनले कतिलाई देश निकाला गरे, कयौं भारदारहरुको सर्बस्व हरण गरेर उनीहरुको सम्पत्ती, दरबार, जग्गा, जमीन आफुले हडपे । आफ्नो सोखशयलको लागि त्रिपुरेश्वरदेखि अहिलेको न्यूरोडसम्मको सयौं रोपनी जग्गामा दरबार बनाएर आफ्नै दरबारको कम्पाउन्ड भित्र धरहरा समेत बनाउन लगाए । उनले आफ्नो लागी गरेको खर्चको हिसाब गर्ने हो भने देश सोही समयमै समृद्ध हुन्थ्यो ।

उनलाई पछि राजकाजको मुद्दा लगाएर जेल हालियो । जेलमा नै उनले आफ्नै घाँटी आफैले सेरे र आत्महत्या गर्न खोजे । उनको तत्काल प्राण गएन । दशौं दिनसम्म उनी तड्पिँदै घिटिघिटि भएर बाँच्नु पर्यो ! जब उनको प्राण गयो उनको लासलाइ घिसारेर बिष्णुमती खोलाको किनारमा स्याल, कुकुरहरुलाई खुवाउनको लागी फालियो । उनको सद्गत पनि भएन । उनका परिवार, नातागोता सबैको सम्पत्ति राज्यले हडपियो । उनका छोराछोरी भाइ भतिजाहरु सबैलाइ देश निकाला गरियो । यसरी उनको अन्त्य पनि निर्ममतापूर्वक नै भयो ।

बि.स. १९०३ मा कोतपर्वबाट सयौं भारदारहरुलाई काटेर राणा शासनको जग बसाएका जङ्गबहादुरले आफ्नो शासनकालमा आफ्ना सयौ बिरोधिहरुको हत्या गरे, कयौं भारदारहरुको दरबार, जग्गा, जमीन हडपेर आफु र आफ्ना भाइहरुलाई बाँडे । उनले आफ्नो र आफ्ना भाइहरुको सुखशयलको लागि राज्यको गरिब जनताबाट असुलेको करलाई आफ्नै तजबिजले खर्च गर्ने थिति बसाले । सो थिति १०४ वर्षे राणाकाल भरी रहिरह्यो । सो समयमा यदी सो रकमको दुरुपयोग नगरेको भए सोहि समयमै देश युरोपको हाराहारीमा बिकशित हुन्थ्यो । ३० वर्ष हुकुमी शासन गरेर बि.स.१९३३ मा जङ्गबहादुर राणाको निधन भयो । उनको निधनपछि १९४२ मा उनकै कान्छो भाइको छोरा वीर शम्शेरले आफ्नै काका तत्कालीन प्रधानमन्त्री रणोदीप सिंहको हत्या गरेर शासन सत्ता हत्याए । त्यसपछि उनले जङ्ग बहादुरका जेठा छोरा जर्नल जगत जङ्ग, नाती जर्नेल युद्द प्रताप जङ्ग, लगायतको हत्या गरे । जङ्ग बहादुरका छोराहरु बबरजङ्ग, जीतजङ्ग, पदम जङ्गलगायतका छोरा, छोरी, ज्वाइहरु काठमाडौंको सबै श्रीसम्पती छोडेर आफ्नो ज्यान जोगाउन विदेश पलाएन भए । उनीहरुको सम्पत्ति वीर शम्सेरहरुले हडपिएर लिए । ज्यान बकस पाएका जङ्ग बहादुरका कतिपय सन्तानहरु काठमाडौंमा प्रबेश गर्न नपाउने शर्तमा काठमाडौंबाट देशको दुर्गम ठाउमा धपाइए । जङ्ग बहादुरले जसरी कत्लेआम गरेर तरबारको बलमा राज्य सत्ता कब्जा गरेका थिए त्यसैगरी उनका छोराहरु मारिए । उनको सम्पती सबै लुटियो उनले गरेको कर्मको फल उनको सन्तान दर सन्तानले भोग्नु पर्यो न सम्पती बच्यो, न सन्तान बचे ।

जङ्गबहादुर राणाको सन्तान दर सन्तानहरुको हत्या गरेर उनीहरुको सम्पूर्ण सम्पत्ति हडपिए । उनले आफु र आफ्ना छोराहरु बस्नको लागी राज्यकोषको करोडौं रकम खर्च गरेर सेतो दरबार, लालदरबार, चार बुर्जे दरबारहरु निर्माण गर्न लगाए । पहिलो पटक नेपालमा कमाएको सम्पत्ति बिदेशमा लैजान पाउने कानुन बनाएर आफु र आफ्ना सन्तानले कमाएको रकम बिदेशी बैकमा लगेर राख्न थाले ।

आफ्नै काकाको हत्या गरेर प्रधानमन्त्री बनेका वीर शम्सेरले आफु र आफ्ना अठार भाइको समृद्धिको लागि राज्यकोषको करोडौं रकम आफ्नो बिलासिता र मोजमज्जाको लागि दुरुपयोग गरे, आफ्नो शासन सत्ता टिकाउन कयौंको हत्या गरे, प्रधानमन्त्री बन्न आफुलाई साथ दिएको आफ्नै माइलो भाई खड्ग शम्शेरलाइ पाल्पा धपाए । जङ्गबहादुर राणाको सन्तान दर सन्तानहरुको हत्या गरेर उनीहरुको सम्पूर्ण सम्पत्ति हडपिए । उनले आफु र आफ्ना छोराहरु बस्नको लागी राज्यकोषको करोडौं रकम खर्च गरेर सेतो दरबार, लालदरबार, चार बुर्जे दरबारहरु निर्माण गर्न लगाए । पहिलो पटक नेपालमा कमाएको सम्पत्ति बिदेशमा लैजान पाउने कानुन बनाएर आफु र आफ्ना सन्तानले कमाएको रकम बिदेशी बैकमा लगेर राख्न थाले । उनले आफ्नो लागि गरेको खर्चहरु देश बिकासमा लगएको भए देशको बिकासले सोहि समयमै फड्को मार्ने थियो । उनको मृत्युपछि उनले निर्माण गरेको सेतो दरबार आगलागी भएर ध्वस्त भयो । उनका छोरा नेपालकै पहिलो बैज्ञानिक गेहेन्द्र शम्शेरको अल्पायुमै हत्या गरियो । उनका अन्य छोराहरु चक्र शम्शेर, रुद्र शम्शेर, तेज शम्शेर र प्रताप शम्सेरहरुलाई पाल्पालगायत देशका अन्य भागमा धपाइयो । उनको काठमाडौमा भएको सबै सम्पत्तिहरु जफत गरियो । यसरी वीर शम्शेरले कमाएको श्रीसम्पतीहरु उनकै छोरा नातीहरुले उपभोग गर्न पाएनन् । कोही छोरा मारिए, कोही धपाइए, सम्पत्ति जसरी कमाएका थिए उसैगरी लुटियो ।

यो माथिका प्रतिनिधि घटना हो । यसैगरी हामीले अध्ययन गर्ने हो भने देश र जनतालाई चुसेर कंगाल बनाउनेहरुको कहिल्यै भलो भएकै छैन । नेपाल एकीकरणदेखि नै राज्य संचालक बनेर हर्ताकर्ता बनी भ्रष्टाचार गरी देशलाई अधोगती तिर पुर्याएका राष्ट्र हाँक्ने कतिपय शासकहरु, नेता, कर्मचारीहरुको आफु जिउँदै हुँदा नै दुर्दशा भोग्नु परेको छ । कतिपय बुढेसकालमा डिप्रेसनका सिकार भएका छन् । कयौंले यसै कारण आत्महत्या गरेका छन् । कतिपयका सन्तानहरु गलत संस्कारका कारण आवारा भएर हिडेका छन् । जसरी सम्पत्ति कमाएको हो त्यसैगरी सो सम्पत्ति को नाश भएको छ । सन्तान शोक, पारिवारिक झमेला या बिना सन्तान वंश नै लोप भएको छ । कुकृत्य गरेर कमाएको सम्पत्ति एक पुस्ताले पनि उपभोग गर्न पाएका छैनन् । बाचुञ्जेल भ्रष्टाचारीको ट्याग लागेर सधै त्रस्त भएर बस्नु पर्ने अबस्था छ । त्यसैले न राष्ट्र बन्यो, न जनताले सुख पाए, न आफ्नो परिवार बन्यो, न आफुले बाजुञ्जेल र मरोणोपरान्त मान संमान पाएको छ । कुकर्म गरेको फल भोग्नु नै परेको छ भने मान्छे कुकर्म गर्न किन अग्रसर हुन्छ ? यो नै सोचनिय विषय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय