नेपालगञ्ज । एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा आएपनि आ.ब. २०८०–०८१ मा राजश्व संकलनमा कमी देखिएको छ । गत आर्थिक वर्षमा भारतले चिनी आयात गर्न प्रतिबन्ध लगाएकै कारण लक्ष्य अनुसार राजश्वमा कमी आएको नेपालगञ्ज भन्सारको दावी रहेको छ ।

नेपालगञ्जमा एकीकृत भन्सार जाँच चौकी संचालनमा आएपछि निर्यात र आयातमा सहज भएको छ । गत आर्थिक वर्षको २०८०÷०८१ मा ७० अर्ब २१ करोड ४९ लाख रुपैया बराबरको बस्तु आयात भएको छ । आर्थिक वर्षमा २ अर्ब ४१ करोड ९० लाख रुपैया बराबरको बस्तु निर्यात भएको नेपालगञ्ज एकीकृत भन्सारले जनाएको छ । आर्थिक वर्ष २०८०-०८१ मा २८ अर्ब ६६ करोड राजश्वको लक्ष्य रहेकोमा १८ अर्ब १५ करोड ७२ लाख जुन लक्ष्यको ६३ दशलव ३४ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

नेपालगञ्ज भन्सारमा आयात हुने सबैभन्दा बढी पेट्रोलियमबाटै नै राजश्व संकलन हु्ने गरेको छ । आयातमा सरकारले राष्ट्रिय आयोजनाका लागि ल्याउने सामानमा छुट दिएकोले पनि राजश्व संकलनमा कमी आएको होे । अघिल्लो वर्षमा ६७ अर्ब ७२ करोड रहेको थियो भने यस वर्ष ७० अर्ब २१ करोडले आयात बढेको छ भने राजश्व ४ करोडले घटेको छ । निर्यात पनि गत वर्षको तुलनामा ५ करोड ७७ लाख घटेर २ अर्ब ४१ करोडको निर्यात भएको छ भने ०८९ ÷०८० मा २ अर्ब ४७ करोड निर्यात भएको थियो । झण्डै २ दशलवम ३३ प्रतिशतले घटेको छ । जडिबुटी, प्लाईबोड, खैर र रिठ्ठाको निर्यात हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय