फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिरो जाँदा क्षति भएको छ । गएराति वर्षासँगै खसेको पहिरोले गाउँपालिकाको सभा कक्षसहित आवासीय क्षेत्रमा क्षति पुगेको छ ।
गएराति २ बजे गएको पहिरोले गाउँपालिका कार्यालयसँगको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ । पार्किङ गरि राखिएको गाउँपालिकाको गाडी र मोटरसाइकल पुरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो ।






