पूर्वरानी कोमल शाहले पुष्पमेलाको अवलोकन गरेकी छन् । शुक्रवार ललितपुरको जावलाखेल पुगेर पूर्वरानी शाहले १६ औं गोदाबरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवलोकन गरेकी हुन् ।
सो अवसरमा पूर्वरानी शाहले पुष्पमेला अवलोकन गर्नुका साथै केही फूल समेत खरिद गरिन । यो वर्ष पुष्पमेलामा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता भइरहेको नेपाल फ्लोरी कल्चर एशोसिएशनले जनाएको छ । १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १८ गते शनिवारसम्म चल्नेछ ।






