काठमाडौं । पेरिस ओलम्पिक २०२४ को भव्यरुपमा समापन भएको छ । ८० हजार दर्शकमाझ स्टेड डे फ्रान्समा यसको समापन गरिएको हो ।
समापन समारोहमा खेलाडीको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई ‘सेलिब्रेट’ गरिएको थियो । ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाएर लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरिएको थियो । सो अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अध्यक्ष थोमस बाकले ओलम्पिक खेलको प्रशंसा गर्दै भने युद्ध र द्वन्द्वले विश्व विभाजित भएपनि खेलले विश्वलाई एक ठाउँमा राख्न सफल भएको बताउनु भयो ।



समापन समारोहमा विभिन्न हलिउड कलाकारले प्रस्तुति दिएका थिए ।







