काठमाडौं । पेरिस ओलम्पिक २०२४ समापन आज हुँदैछ । सेन नदीमा आयोजित उद्घाटन समारोहको विपरित, ओलम्पिक समापन समारोह ८० हजार दर्शक माझ स्टेड डे फ्रान्समा हुनेछ ।
समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाइने छ । लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरिनेछ । प्रतियोगितामा आजसम्म चीन तालिकाको अगाडि रहेको छ । चीनले ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ ।



अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित १२२ पदक जितेको छ । तेस्रो स्थानमा अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १८ कास्यसहित कुल ५० पदक जितेको छ । आयोजक फ्रान्स १६ स्वर्ण २४ रजत र २२ कास्यसहित कुल ६२ पटक हात पार्दै पाँचौ स्थानमा छ ।
आज थप १३ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।



