काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाउनु भएको छ । प्रधानमन्त्री दाहालले आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाउनु भएको नेपाली कांग्रेसका नेताहरुले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । तर सत्ता पक्षले कांग्रेसको मागमा असहमति जनाउँदै आएको छ । सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा संघीय संसद अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय