ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले विद्युत प्राधिकरणसँग ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल उठाउनुको विकल्प नभएको बताएका छन । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा उनले उद्योगहरुले प्रयोग गरेको ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल प्राधिकरणको तीन वटा बोर्ड र लेखा समितिको निर्देशन समेत भएकाले महशुल उठाउनुपर्ने बताएका हुन । मन्त्री बस्नेतले नियमन आयोग २०७५ र २०७७ को बीचको विषयमा नबोल्दा समस्या भएको जानकारी समेत दिए ।

बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले काटेको छुट बिलको महशुल उठाएरै छोड्ने बताए । उनले कोभिड–१९ महामारी तथा आर्थिक मन्दीका कारण उद्योगी व्यवसायीकै आग्रहमा महसुल उठाउने कार्य रोकिए पनि अब नरोकिने स्पष्ट पारे ।

निर्देशक घिसिङले प्राधिकरणले उद्योगीहरुले प्रयोग गरेको तथ्याङ्कको आधारमा बिल काट्दा पुनवरावलोकन समितिमा आउनुपर्नेमा बाहिर हल्ला गरेर हिँडेको आरोप समेत लगाए । उनले उद्योगीहरु नियम विधि प्रक्रिया भन्दा बाहिर गएर मागेको प्रमाण दिन नसक्ने पनि स्पष्ट पारे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय