काठमाडौं । भोलि फागु पूर्णिमा अर्थात् होली । देशका पहाडी क्षेत्रमा भोलि धुमधामका साथ मनाइँदै छ । तराइमा भने सोमबार मनाइँदै छ । यसैबीच होली पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीका ९० स्थानमा सवारी जाँच गर्ने भएको छ । पर्वलाई सुरक्षित र मर्यादित बनाउन यस्तो व्यवस्था गर्न लागेको ट्राफिक प्रहरीले जनाएको छ ।

आइतबार बिहान ७ बजेदेखि नै चेक जाँच सुरु गर्ने पनि ट्राफिक प्रहरीले बताएको छ । चेक जाँचका लागि ९ सय भन्दा बढी ट्राफिक परिचालन हुने बताइएको छ । ट्राफिक प्रहरीले उपत्यकाका तीन वटै प्रवेश नाकामा विशेष सुरक्षा चेकजाँचको व्यवस्था मिलाएको जानकारी दिएको छ ।

दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्न लागिएको हो । होलीमा अनावश्यक हर्न बजाउने, नियम विपरीत सवारी साधन चलाउने, हेलमेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिकले ३० ओटा मोबाइल भ्यान परिचालन गरिने र आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राख्ने प्रहरीको तयारी छ । मादक पदार्थ र लागूपदार्थ सेवन गरेर सवारी चलाउनेलाई ट्राफिकले विशेष निगरानी गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय