बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा गएको पहिरोले घर पुर्दा गम्भिर घाइते भएका तीन जनाको उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

जोग बहादुर बुढाको घर पहिरोले पुरिदा १९ जना परेका थिए । जसमध्ये ६ जनाको मृत्यु, ९ जना घाइते र चार जना अझै बेपत्ता छन् । घाइतेको मंगलबार नै उद्दार गर्न जोखिएपनि मौसम खराब हुँदा उद्दारमा कठिनाई भएर नेपाली सेनाको हेलिकप्टर फर्केको थियो । पुनः गम्भीर घाइते भएका तीन जनालाई आज बिहान टिचिङ अस्पताल पुर्याइएको छ ।

घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता पुन र ४६ वर्षीया संगीता बुढाको उपचार भइरहेको छ । घाइते ६ जनाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य कैन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय