हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशमा नेकपा एमालेका नेता किरण थापालाई मुख्यमन्त्रीमा नियुक्ति तथा मान्यता नदिन प्रदेश प्रमुखसमक्ष पत्र बुझाएको छ। राप्रपाले प्रदेशसभामा सरकार गठनका लागि आवश्यक संवैधानिक प्रक्रिया पूरा नभएको दाबी गर्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको हो। पत्रमार्फत राप्रपाले सरकार गठनका क्रममा संविधान तथा प्रदेशसभाको विद्यमान अंकगणितलाई आधार बनाउन आग्रह गरेको छ।
राप्रपाको पत्रपछि बागमती प्रदेशमा नयाँ सरकार गठनको विषय थप विवादित बनेको छ। एमालेले भने आफ्नो नेतृत्वमा सरकार गठनका लागि आवश्यक समर्थन जुटाउने प्रयास गरिरहेको छ।
मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखले संवैधानिक व्यवस्था, प्रदेशसभाको अंकगणित र दलहरूको दाबी अध्ययन गरेर निर्णय गर्नेछन्। पछिल्लो राजनीतिक समीकरणसँगै बागमती प्रदेशमा सत्ता परिवर्तनको प्रक्रिया अघि बढेको हो।






