बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त हुनुभएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमतिअनुसार बागमतीमा कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीको दावी गर्दै नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष पत्र पेश गर्नुभएको थियो ।

मुख्यमन्त्री लामाको पद तथा गोपनीयताको शपथ बुधबार विहान ११ बजे हुनेछ । कांग्रेसका ३७ र एमालेका २७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री लामालाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय