रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ ।
सोमबार रातिको आठबिसकोट नगरपालिका–१२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो । घटनामा सात जना घाइते भएका छन् भने एक जना बेपत्ता भएको नगरपालिका प्रमुख रबी केसीले जानकारी दिनुभयो ।



मृत्यु हुनेहरूमा १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनसा पुन र४ वर्षीया मनिषा सार्की रहेका छन् । डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् ।
घाइतेको आठविसकोटस्थित नगर अस्पतालमा उपचार भइरहेको छ ।



