गोरखा । भीषण वर्षासँगै आएको बाढी र पहिरोले गोरखामा एक घर बगाएको छ । धार्चे गाउँपालिका– ५ सिङलास्थित पुरन गाउँमा घर माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले तेज बहादुर गुरुङको घर बगाएको छ भने ११ घर उच्च जोखिममा परेको छ ।

गुरुङको घरमा भएका खाद्यान्न, लत्ताकपडा र नगद पहिरोमा पुरिएर लाखौँ रुपैयाँको क्षति भएको छ । पहिरोमा खुम बहादुर गुरुङ, लक्ष्मण गुरुङ, इन्द्र बहादुर गुरुङ, सुन्दारम गुरुङ, मान बहादुर गुरुङलगायत ११ घरमा लेदोसहितको पहिरोले पुरिएर उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पहिरोमा परेका ३ जनाको तत्कालै स्थानीयले उद्धार गरेकाले बाँच्न सफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय