अविरल वर्षापछि रोशी खोलाले बीपी राजमार्ग बगाएको स्थानमा अस्थायी डाइभर्सन निर्माण सुरु गरिएको छ । अविरल वर्षाका कारण क्षतिग्रस्त बनेका बीपी राजमार्गका अस्थायी डाइभर्सन पुन:निर्माण सुरु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । उनका अनुसार अविरल वर्षाका कारण रोशी खोलाले बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी ७ को घुमाउने, रोशी ११ र १२ का तीन स्थानमा डाइभर्सन बगाएको थियो ।

सडक डिभिजन कार्यालयले तत्काल यातायात सञ्चालन सहज बनाउने उद्देश्यले डाइभर्सन निर्माणको काम अघि बढाएको जनाएको छ। त्यस्तै बीपी राजमार्गको रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो पन्छाउने कार्य भईरहेको समेत सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख योगेशले जानकारी दिए । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत नमोबुद्द नगरपालिकाको चौकीडाँडा देखि सिन्धुलीको नेपालथोकसम्म यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय