भोजपुर- सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लागेका ७१ वर्षीय सुवास तामाङले गाउँमा विद्यालयले स्थापना गरेका छन् । ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लागेका मनका धनि तामाङले आफ्नो जन्मभूमि भोजपुरको षडानन्द नगरपालिका ९ बैदर भञ्याङमा विद्यालय स्थापना गरेका हुन् ।
पर्यटकको भारी बोक्ने काममा लागेका सुवास तामाङले आफ्नै ठाउँमा विद्यालय स्थापना गरेका हुन् । तामाङले आफ्नो जन्मभूमि भोजपुरको षडानन्द नगरपालिका ९ बैदर भञ्याङमा विद्यालय स्थापना गरेका छन् । ३५ वर्षअघिबाट विदेशी पर्यटकको भारी बोक्ने काम गर्ने तामाङले वि.स. २०४६ सालमा चित्राले बारेर विद्यालय सञ्चालन सञ्चालन गरेका थिए ।



उनले लालीगुँरास प्राथमिक विद्यालय स्थापना गरेर कक्षा ५ सम्मको पठाइ थालेका थिए । त्यसपछि उनले वि.स.२०५१ सालमा चन्द्रसूर्य माध्यमिक विद्यालय स्थापना गरेर कक्षा ६ देखी १० सम्म सञ्चालन गरे । वि.स. २०६८ चैतबाट दुई विद्यालयलाई गाभेर चन्द्र सूर्य माध्यमिक विद्यालय बनाइएको उनले जानकारी दिए ।
तत्कालिन समयमा विदेशी पर्यटकको भारी बोक्ने काम गर्ने तामाङले विदेशीबाट चन्दा संकलन तथा आफुले भारी बोकेर कमाएको पैसाले यो स्थानमा दुई विद्यालय स्थापना गरेको बताए । आफ्नो पिता लघुसिंह तामाङले देखेको सपनालाई पुरा गर्न धेरै दुःख र संघर्षले विद्यालय स्थापना गर्न सफल भएको उनको भनाइ छ ।
विद्यालय स्थापनाको लागि शुरुमा ७१ रोपनी र पछि थप ७ रोपनी गरि ७८ रोपनी जग्गा दान गरेको उनले जानकारी दिए । अन्य कामको लागिसमेत गरी हालसम्म करिव एक सय रोपनी जग्गादान गरिसकेको तामाङले बताए । विद्यालय स्थापना गरेको १८ वर्षसम्म आफैँले रकम संकलन गरेर तलब खुवाएको भनाइ छ । सरकारले विद्यालयको स्वामित्व लिएसँगै छ वर्ष अघिबाट भने विद्यालय सञ्चालनको भार कम भएको उनले सुनाए ।
तामाङले शुरुवात गरेर सञ्चालन भईरहेको विद्यालयको कोशी प्रदेशका सांसद विनोद बान्तावाले अनुगमन गरेका छन् । आफ्नो ठाउँको शैक्षिक विकासको लागि समाजसेवी तामाङले खेलेको भूमिका प्रशंसायोग्य रहेको उनले बताए । शैक्षिक सुधारको लागि गम्भिर भएर लगेको उनको भनाइ छ ।
यो विद्यालयमा हाल करिव तीन सय विद्यार्थी अध्यायनरत रहेको स्थानीय तथा विद्यालयका शिक्षक कुसुम तामाङले बताए। भौगोलिक रुपमा विकट मानिने स्थानमा विद्यालय स्थापनाले धेरै बालबालिकाको सुन्दर भविष्य निर्माण भएको उनको भनाइ छ ।
सामान्य परिवारमा जन्मिएर पनि तामाङले शिक्षा क्षेत्रमा गरेको काम प्रशंसायोग्य रहेको छ । समाजका लागि तामाङ गरेको यो उदाहरयाीय कामको सवैलेकदरसँगै अनुशरण गर्न आवश्यक देखिन्छ ।



