काठमाडौं । १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट, सोमपाल कामी र सन्दीप लामिछानेले १ _१ विकेट लिए ।



भारतका लागि ओपनर यशस्वी जैसवालले ४९ बलमा १०० रन बनाए । तिलकले २ रन, गाएकवाडले २३ रन, रिंकुले नटआउट ३७ र शिवम दुवेले नटआउट २५ रन बनाउदै भारतले नेपाललाइ २०३ रनको लक्ष्य दिएको हो ।



