काठमाडौं । आज दिउँसो २ बजे सिंहदरबारमा सर्वदलीय बैठक बस्दै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाउनु भएको हो । बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा केन्द्रित हुने छ । कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको छ भने १७ हजार ७ सय बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय