काठमाडौं । काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम्फालेर एक युवाले आत्महत्या गरेका छन् ।
अस्पतालको छैटौं तलाको एस क्याफे रहेको स्थानबाट हाल्फालेर गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यले आत्महत्या गरेका हुन् । प्रहरीबृत्त महाराजगञ्जले आचार्य क्याफेमा कफी खाएर बसेको र त्यसपछि हाम्फालेको प्रहरीले जनाएको छ ।



आचार्यले किन आत्महत्या गरे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



