काठमाडौं– यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि एक समुहले कालोमोसो दलिदिएको छ। सोमबार महानिर्देशक रिजालमाथि मीनभवनस्थित कार्यालयमै कालोमोसो दलिएको हो। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनीमाथि कालोमोसो दलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। कालोमोसो दल्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय लाइसेन्समा भएको घोटाला तथा नक्कली लाइसेन्सको विषय बाहिर आएको छ। निर्देशक रिजालले सिस्टममा खराबी देखाउन एपीवन टेलिभिनगका मालिक क्याप्टेन रामेश्वर थापासंग गाडि नै उपहार पाएको समाचार बाहिर आएको थियो । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ।






