काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले आज समूह चरणको दोस्रो खेल खेल्न लागेको हो ।

समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाललाई अर्को चरणसम्म पुग्न आजको खेल निकै महत्त्वपूर्ण छ । यही समूहमा रहेको पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।

नेपालले समूहको तेस्रो तथा अन्तिम खेल १२ गते अफगानिस्तानसँग खेल्नेछ । विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय