नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजालाई जुवाको खालमा गएर च्याँखे नथाप्न आग्रह गरेका छन । उनले जुवा खेल्ने भए सिधै खालमा आएर काँग्रेससँग भिड्न राजालाई चुनौती समेत दिएका छन । नेपालका राजाहरुको बदनीयतका कारण राज संस्था समाप्त भएको भन्दै नेता थापाले मुर्ति बेच्नेहरुले धर्मको रक्षा गर्न नसक्ने बताउनु बताए ।

देश बिग्रियो भनेर अहिले नै निराश नबन्न आग्रह गरेका छन । उनले नेतृत्व बदल्ने सम्हाल्ने काम युवाहरुको काँधमा आएको भन्दै अहिलेको कम गरीबि र बेरोजगारी चिर्दै र हटाउँदै सबैलाई सम्हालेर अघि बढ्ने बताए । महामन्त्री थापाले नागरिकहरुले व्यवस्था बदल्न नचाहेको तर नेतृत्वको अनुहार र आचरण बदल्न चाहेको बताएका छन ।

सनिबार गुल्मीको सदरमुकाम तम्घासमा शुरु भएको नेपाली काँग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै काँग्रेस नेता थापाले आउँदो महाधिवेशनबाट आफुहरुले पाटि सञ्चालनको तरिका बदल्न चाहेको बताए । उनले अबको निर्वाचनमा काँग्रेसले कुनै पनि दलहरुसँग गठबन्धन नगरि एक्लै चुनाव लड्ने स्पष्ट पारे । चुवान हारे केही पनि फरक नपर्ने भन्दै नेता थापाले चुनाब हारिन्छकी भनेर गठबन्धन गर्नु जस्तो राजनीतिक भ्रष्टाचार अब काँग्रेसले नगर्ने स्पष्ट पारे ।

आर्थिक, नैतिक र राजनीतिक भ्रस्टाचार भबै भन्दा ठूलो अपराध भएको भन्दै उनले त्यस्तो अपराध गर्ने छुट कसैलाई पनि नभएको बताए । गणतन्त्रमा गणतन्त्रका लागि प्रश्न गर्न पाईन्छ तर प्रश्न गर्यो भन्दैमा कसैको मुख थुन्न नपाईने भन्दै सरकारले बोल्न पाउने हकको सुरक्षा गर्नु पर्नेमा जोड दिएका छन ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदश्यहरु चन्द्र भण्डारी, नैनसिं महर, चन्द्र बहादुर केसी, प्रदेश सभापति अमरसिङ पुन, उप सभापति भुवन प्रसाद श्रेष्ठ लगायतका वक्ताहरुले वर्तमान राजनीति र आगामी दिनमा पाटि नेतृत्वले खेल्नु पर्ने भूमिका लगायतका विषयमा आआफ्ना धारणाहरु व्यक्त गरेका थिए । आईतबार सम्पन्न हुने उक्त दोश्रो जिल्ला सम्मेलनले काँग्रेसको गुल्मी घोषणापत्रसँगै पार्टिको आगामी रणनीति र नयाँ कार्यदिशा समेत तय गर्ने पाटि सभापती खिलध्वज पन्थीले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय