अयोध्याको राम मन्दिर मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ। सोमवार भव्यताका साथ मन्दिरको मूर्तिमा प्राण प्रतिष्ठा गरिएपछि सोमबारबाट सर्वसाधारणका लागि खुला गरिएको हो।
बिहान ३ बजेदेखि नै भगवान रामको दर्शनका लागि भक्तजनको भिड लागेको बीबीसीले जनाएको छ। मन्दिरको मुख्यद्वार खुल्नासाथ भक्तजनको भिडले मन्दिरको व्यवस्थापनमा समस्या देखिएको थियो। सुरक्षाका दृष्टिकोणले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ।



प्राण प्रतिष्ठा पछि मंगलबार बिहान पहिलो पटक मन्दिरमा आरती पनि गरिएको छ। भगवानको दर्शनका लागि भक्तजनहरूले जाडोको वास्ता नगर्दै सरयू नदीमा स्नान गरेर मन्दिर पुगेका थिए।
सोमवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको प्राण प्रतिष्ठा गरेका थिए। प्राण प्रतिष्ठामा भारतका विभिन्न राजनीतिक दलका व्यक्तित्त्व, बलिवुड कलाकार, खेलाडी, गायकरगायिका, व्यावसायीलगायतका सहभागी भएका थिए।राम मन्दिरको उद्घाटन समारोहमा नेपालको जनकपुरसहित अन्य क्षेत्रबाट पनि भक्तजन र साधुसन्त अयोध्या पुगेका छन्।



