काठमाडौं — सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक शनिबार दिउँसोदेखि सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको बैठकमा जुम्लाबाट ल्याइएको स्याउ बाँडेर बैठकको सुरुवात गरिएको हो। बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्यको मनोनयनलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ। निर्वाचनको तयारी तथा उम्मेदवार छनोट प्रक्रियालाई अघि बढाउने विषय बैठकको प्रमुख एजेन्डामध्ये रहेको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख तथा उपप्रमुख मनोनयनका विषयमा समेत छलफल हुनेछ। संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने बताइएको छ। त्यसैगरी केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गरिने ‘हामी आउँदै छौँ’ अभियानका विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता खरेलले जानकारी दिएका छन्।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, उम्मेदवार छनोट तथा जनस्तरसम्म पार्टीका गतिविधि विस्तार गर्ने विषयमा बैठकबाट आवश्यक निर्णय लिइने रास्वपाले जनाएको छ।
बैठकले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक गतिविधिका सम्बन्धमा समेत आवश्यक निर्णय गर्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय